newskoseli.Com

उपेन्द्र यादवको घोषणा : ‘समाजवादी र राजपाबीच एकता निर्विकल्प’

वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् । सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै यादवले यी दुई पार्टीबीच एकीकरण गर्नुको विकल्प नभएको बताए ।

राजनीतिक विकल्पका रुपमा अब समाजवादी पार्टी मात्रै रहेको दाबी गर्दै राजनीतिक विकल्पका रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पुर्‍याउन राजपालाई यादवले आह्वान गरे । संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकाले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिन समेत उनले आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर