newskoseli.Com

चिनियाँ राष्ट्रपति एयरपोर्ट उत्रँदै गर्दाको झकिझकाउ काठमाडौं (भिडियो र भ्रमणतालिकासहित)

नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र चीनका तर्फबाट सर्वोच्च नेतृत्व अर्थात् राष्ट्रपतिको तहबाट २८ वर्षपछि नेपालको औपचारिक राजकीय भ्रमण हुँदै छ । नेपालको उत्तरी भूभागसँगै प्रत्यक्ष रुपले जोडिएको निकटतम छिमेकी राष्ट्र भए तापनि विविध कूटनीतिक एवं राजनीतिक जटिलताका कारण दक्षिणी छिमेकी भारतको तुलनामा चीनका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण लामो समयसम्म हुन सकेको थिएन ।

यसरी लामो प्रयास, चीर प्रतीक्ष र गम्भीर तयारीका बीच नेपाल सरकार निनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल भएको छ । यो भ्रमणलाई उच्च महत्त्व दिँदै सरकारले भव्य तयारी गरेको छ । रातारात बगैंचाहरुको निर्माण, सडकहरुको मर्मतसम्भार एवं सरसफाई र झन्डा, ब्यानर, स्वागतद्वार, डिस्प्ले बोर्ड तथा नेपाल–चीन दुवै राष्ट्रका राष्ट्रप्रमुखहरुको तस्बिरले काठमाडौं झकिझकाउ पारिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षार्थ उतैबाट आएका सुरक्षाकर्मीहरुको प्रमुख घेरा हुनेछ भने त्यसभन्दा बाहिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको उच्च सुरक्षा घेराको प्रबन्ध गरिएको छ । काठमाडौं प्रवेश गर्ने सबैतिरका नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउने प्रबन्ध गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि उच्च सतर्कताका साथ काम गरिरहेको छ ।

भारतको भ्रमण सम्पन्न गरी उतैबाट सिधै नेपाल आउने चिनियाँ राष्ट्रपति पिङको दुईदिने नेपाल भ्रमणका क्रममा उनले करिव बीस घन्टा नेपालमा बिताउने छन् ।

यस्तो छ सीको भ्रमण तालिका

शनिबार
५ः०० बजे– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे– राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ः३० बजे– राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ः१५ बजे– प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे– राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार
१०ः३० बजे– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता
११ः३० बजे– प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ः०० बजे– स्वदेश फिर्ता

भिडियोमा हेर्नोस् राष्ट्रपति काठमाडौं उत्रनुभन्दा केही घन्टा अगाडिको एयरपोर्टदेखि सोल्टी होटलसम्मको दृश्य

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर