newskoseli.Com

महरालाई ‘चोख्याउँदै’ र अजयबाबुलाई ‘थर्काउँदै’ रोशनी शाहीका दुई चिठी (पत्रहरु र स्ट्याटससहित)

फाइल तस्बिर

संघीय प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं समकालीन नेपाली राजनीतिका सर्वाधिक चर्चित र प्रभावशाली राजनीतिक खेलाडीहरुमध्येका एक कृष्णबहादुर महरालाई ‘डुबाउने’ गरी हालै घटेको ‘महरा–रोशनी प्रकरण’ ले फेरि नयाँ मोड लिने संकेत देखिएको छ ।

महरा प्रकरणकी मुख्य पात्र रोशनी शाहीले कृष्णबहादुर महरालाई ‘चोख्याउने’ र सर्वप्रथम महरा प्रकरणको समाचार एवं भिडियो सार्वजनिक गर्ने सञ्चारकर्मी अजयबाबु शिवाकोटीलाई ‘थर्काउने’ अभिव्यक्तियुक्त दुई पत्रहरू (१५ असोजमा प्रहरीलाई बुझाएकाे र २४ असोजमा पत्रकारहरूलाई सम्बाेधन गरी लेखिएको) सामाजिक सञ्जाल ‘फेसबुक’ बाट शुक्रबार सार्वजनिक गरेकी छन् ।

महरा स्वयं र उनको परिवारजन एवं शुभचिन्तकहरुले ‘राजनीतिक इगोका कारण फसाइएको’ आशयका अभिव्यक्ति दिइरहेको र नेकपाका केही उच्च नेताहरुले समेत त्यसैतर्फ संकेत गरेका छन् । अध्यक्ष प्रचण्ड समेत यस मामलामा आजसम्म मौन नै रहेको सन्दर्भमा आएका रोशनीका यी अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसै पनि रोशनीले पटक–पटक बोली र व्यवहार बदलेकी छन् र उनी स्वयंले नै आफूले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताएकी छन् ।

मध्य दसैंमा पक्राउ परी हिसासतमै बिरामी परेर अस्पतालमा उपचाररत महराको अदालती प्रक्रिया सुरु हुनुअघि सार्वजनिक यी अभिव्यक्ति र उल्लेखित पृष्ठभूमिहरुका कारण ‘महरा–रोशनी प्रकरण’ ले फेरि नयाँ मोड लिने संकेत देखिएको छ ।

यस्ता छन् रोशनी शाहीले सार्वजनिक गरेका दुई पत्र, जस्ताको तस्तै–

यस्तो छ शाहीको ‘फेसबुक स्ट्याटस’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर