newskoseli.Com

गोरुले हान्दा वृद्धा ठहरै ! हात्तीको बथानद्वारा धानबाली सखाप

गोरुले सिङले हानिदिँदा शुक्लाफाँटा नगरपालिका– ८, फुलेली, कञ्चनपुरकी करिव ७५ वर्षीया चतकली चौधरीको मृत्यु भएको छ । आइतबार साँझ गोरुलाई पानी खुवाउन लैजाने क्रममा हिर्काउँदा वृद्धा गम्भीर रुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा बाटोमै वृद्धाको मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताएका छन् ।

हात्तीको बथानद्वारा धानबाली सखाप

शुक्लाफाँटा नगरपालिका– ८, पारिफाँटा र भमरभोजमा जङ्गली हात्तीको बथानले आइतबार राति पाँच बिघा खेतमा लगाइएको धानबाली सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै वस्तीमा छिरेको हात्तीको बथानले पाकेको धानबालीमा नोक्सानी पुर्‍याएपछि स्थानीय किसान निकै चिन्तित भएका छन् ।

पाकेर काट्ने बेला हुनै लागेको धानबालीमा ३०–३५ वटा हात्तीको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सान गरिदिएको वडाध्यक्ष बहादुर महराले बताए । साँझ नपर्दै वस्तीमा छिरेका हात्ती भगाउनका लागि रातभर जाग्राम बस्नुपरेको उनले बताए । दुई दर्जनभन्दा बढी किसानको धानबालीमा व्यापक नोक्सानि पुगेको उल्लेख गर्दै उनले भने– ‘गाउँका वासिन्दाको सहयोगमा हात्ती भगाउन पूरै रात खटिए पनि धानबाली जोगाउन सकेनौं ।’

हात्तीको बथान नजिकैका बैजनाथ र भगवती सामुदायिक वनतर्फ लागेकाले मानवीय क्षति हुन नदिनका लागि वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ । दुई साताअघि पनि जङ्गली हात्तीको बथान यस क्षेत्रका किसानका खेतमा प्रवेश गरी सात बिघाभन्दा बढी जग्गाको धानबालीमा नोक्सानि पार्नुका साथै तीन जना किसानको घर समेत भत्काएको थियो ।

प्रत्येक वर्ष यस क्षेत्रमा हात्तीको बथानले उपद्रो मच्चाउँदै आएको छ । पूरै धानबालीमा नोक्सानि पुगेपछि स्थानीय किसानले स्थानीय तह, डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिको माग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर