newskoseli.Com

विप्लव नेकपामाथि मध्यराति प्रहरीको धावा : विप्लवकै दाइसहित २१ पक्राउ (नामावली र भिडियाेसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बैठकस्थलमै प्रहरीले धावा बोलेको खबर छ ।

दाङमा सो पार्टीको बैठक बसिरहेकै ठाउँमा प्रहरी प्रवेश गरेर महासचिव विप्लवकै सहाेदर दाइ एवं सो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’ सहित २१ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । राजपुर– ४, मुंग्रेटाखोला, दाङमा नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठक बसिरहेका बेला बुधबार राति अर्थात बिहीबार बिहानको १ बजे नै पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विप्लवका दाइ तथा चन्द्रबहादुर चन्द ‘वीरजंंग’

बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेता वीरजंंगसहित सो पार्टीका राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’, दाङ जिल्ला इन्चार्ज सविन पोखरेलसहित २१ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमध्ये अधिकांश ब्युरो तहका नेता रहेको सो पार्टीसम्बद्ध स्रोतले न्युजकोसेलीलाई जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूकाे नामावली यसप्रकार छ–

१) चन्द्रबहादुर चन्द ‘वीरजंग’ – केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो इन्चार्ज एवम् मध्यपश्चिम कमान्ड इन्चार्ज
२) केशवबहादुर बाँठा मगर ‘सुवास’ – राप्ती ब्युरो इन्चार्ज
३) रामबहादुर थापा ‘सुन्दर’ – राप्ती ब्युरो एवं न्याय विभाग समितिका जिल्ला संयोजक
४) सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
५) यमलाल कटुवाल ‘विक्रम’ – जिल्ला इन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी ‘पाटन, जंगली’ – युवा संगठन नेपालका केन्दीय अध्यक्ष
८) सुनिल पौडेल – बुद्धिजीवी
९) एकराज चौधरी – एरिया नम्बर ४ का इन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा ‘महान’ – एरिया नम्बर १ का इन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी
११) तिलक पुन – पूर्वजनमुक्ति सेना
१२) सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका – पार्टी सदस्य
१४) पोस्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) विष्णु थापा
२१) कुलबहादुर ओली

के हो विप्लव नेकपाको राजनीति ? हेर्नोस् यो भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर