newskoseli.Com

एनआरएनए निर्वाचन : अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्मा (यी हुन् विजयीहरू)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन् । त्यसैगरी, पाँच उपाध्यक्षहरुमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् ।

पन्त १२१७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कुल आचार्यले १०७० पाए । महासचिवमा विजयी शर्माले १२३९ मत प्राप्त गरे भने उनकी प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत मात्र पाइन् । सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् भने कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । ४२ पदका लागि ७६ जनाले प्रतिस्पर्धा गरेका थिए । कुमार पन्तको नेतृत्वमा नेकपा निकट र कुल आचार्यको नेतृत्वमा कांग्रेस निकट प्यानल नै बनाएर एनआरएनएका दुई समूहबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर