newskoseli.Com

विप्लव नेकपाका जिल्ला सचिवसहित चार कार्यकर्ता फेरि समातिए

फाइल तस्बिर

सरद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार रुपैयाँ धरौटीमा छुटेका नेकपाका कास्की जिल्ला सेक्रेटरी रोल्पा गङ्गादेव गाउँपालिका– २ का ४१ वर्षीय जंगबहादुर भण्डारी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य भोजपुर नगरपालिका– १२ का २६ वर्षीय मिलन राई, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका– ६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका– ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका चारै जनालाई पर्वत जिल्ला अदालतले असोज २८ मा जनही ५ हजार रुपैयाँ धरौटी बुझाउने गरी रिहा गर्न आदेश दिएको थियो । आदेशअनुरुप रकम बुझाउन नसकेपछि उनीहरुलाई कारागार चलान गरिएको थियो । कात्तिक १ मा धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ ।

उनीहरुलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ मा संयुक्त बैठक बसिरहरेका बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाइएको थियो । नियन्त्रणमा रहेका चारै जनाले आफूहरुलाई विना पुर्जी पटक–पटक गिरफ्तार गरेको भन्दै विरोध गरेका छन् । गिरफ्तार चारै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिएकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर