newskoseli.Com

बसले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, एक घाइते

सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । सोही दुर्घटनामा एक प्रहरी जवान घाइते भएका छन् । दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका– १३ का २८ वर्षीय सुजन रेग्मीको मृत्यु भएको हो ।

दुहवी नगरपालिका– २ दङ्गा नियन्त्रण प्रहरी गणको गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका भएका २८ वर्षीय प्रहरी जवान किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ । बस चालक भोक्राहा गाउँपालिका– ३, सुनसरीका ३९ वर्षीय पञ्चनारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर