newskoseli.Com

पोखरा र मनाङमा १–१ पर्यटकको मृत्यु

फाइल तस्बिर

कास्की र मनाङ १–१ गरी शनिबार २ जना पर्यटकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– ६, लेकसाइडको स्ट्रेट नं. २ स्थित लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका ७६ वर्षीय जर्मन नागरिक कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका– ७, टङ्कीमा थ्रोङला पासका क्रममा ६५ वर्षीय अमेरिकन नागरिक (पासपोर्ट नं. ६४६०२७४५) का स्टेफन भागन स्मिथको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिएका छन् ।

जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक उनको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेका थिए भने अमेरिकन नागरिक स्मिथको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर