newskoseli.Com

महराले दिए यस्तो बयान : थप ५ दिन थुनामै, इजलासमै पुगेर ‘पीडित’ महिलाले के भनिन् ? (भिडियोसहित)

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परी हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको अभियोगबारे इन्कारी बयान दिएका छन् । आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयानका दिँदै महराले आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् ।

पीडित भनिएकी महिलासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको तर घटना भएको भनिएको दिन आफू उनको निवासमा पनि नगएको र बलात्कार प्रयास पनि नभएको दाबी उनले गरेका छन् । पीडित भनिएकी महिलाले नै आफूमाथि बलात्कार प्रयास नै नभएको भनेर पटक–पटक भनिसकेकाले आफूले थप भनिरहनु नपर्ने तर्क महराले गरेका छन् ।

पीडित भनिएकी रोशनी शाहीले सुरुमा महरामाथि गम्भीर अभियोग लगाएर सञ्चार माध्यममा अभिव्यक्ति दिए तापनि त्यसयता लगातार सो कुरा सत्य नभएको अभिव्यक्ति दिँदै आएकी छन् । आइतबार समेत अदालतमा उपस्थित भएकी उनले ‘आफूलाई प्रहरीले करकापमा पारेर जबर्जस्ती जाहेरी दिन लगाएको’ व्यहोराको निवेदन इजलाससमक्ष पेस गरेकी छन् ।

असाेज १९ मा पक्राउ परेका पूर्वसभामुख महरामाथि अनुसन्धानका लागि प्रहरीले १३ दिन म्याद लिएको थियो । शनिबार नै सो म्याद सकिएपछि थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजलासले आइतबार कात्तिक २ देखि लागू हुने गरी थप ५ दिन थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

याे पनि पढ्नुहाेस्–
महराले सांसदबाट राजीनामा नदिने : ‘नेकपामै नभएकाले’ दलको ‘सुझाव’ नमान्ने

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर