newskoseli.Com

विप्लवले बिदाइ गरेसँगै बौद्धिक नेता लोहनी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मात्रै सार्वजनिक महासचिव विप्लवको विज्ञप्तिमै उल्लेख भए अनुसार प्रतिकूल स्वास्थ्य स्थितिका कारण सो पार्टीले केन्द्रीय समितबाट बिदाई नै गरिसकेका लोहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका– ११, बसेनी क्षेत्रबाट पक्राउ गरेको छ । लेखन, पत्रकारिता र बौद्धिक काममा क्रियाशील तथा सरकार–नेकपाबीच वार्ताका लागि मध्यस्थताका निम्ति निरन्तर पहल समेत गर्दै आइरहेका अनि सो पार्टीले बिदाई नै गरिसकेका लोहनीलाई पक्राउ गरेको खबरले सबैलाई आश्चर्यचकित पारेको छ ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । लोहनी सो पार्टी निकट ठानिएको ‘रातो खबर’ साप्ताहिक तथा अनलाइनका सञ्चालक समेत रहेको खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
विप्लव नेकपाले ‘कठोर कदम’ चाल्ने संकेत : यी हुन् ताजा निर्णयहरू ! (विज्ञप्ति र भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर