newskoseli.Com

पिकअप गाडी नै लिएर भैंसी चोर्दाचोर्दै तीन पक्राउ

रुपनी गाउँपालिका– १, रामपुर, सप्तरीस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैंसीको डोरी (दाम्लो) खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

भैंसी चोरी गर्दै गरेको अवस्थामा बोदेबर्साइन नगरपालिका– ५, सप्तरीका २६ वर्षीय मोहम्मद रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अरू साथी समेत चोरीमा संलग्न रहेको बयान प्रहरीलाई दिएको आधारमा थप दुई जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन् ।

सो क्रममा खोजतलास गर्दै जाँदा ज १ च १२०१ नम्बरको पिकअपसहित भैंसी लोड गर्न रुपनी चोकमा बसिराखेको अवस्थामा महेशपुर पतारी गाउँपालिका– ४, सिरहाका ३५ वर्षीय नसरुल मियाँ र गणेशमान चारनाथ नगरपालिका, धनुषाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर