newskoseli.Com

‘चिसो बियर’ वाला गायक दुर्गेश थापा पक्राउ

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका कारण एकाएक चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । सोही गीतका विषयमा परेको उजुरीका आधारमा प्रहरीले राजधानीको बालाजुबाट थापालाई पक्राउ गरेको हो ।

सामाजिक मूल्य–मान्यताविपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुनविपरीत भएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सो गीतमा बियरसँगै गाँजा सेवनलाई समेत प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीत सर्वत्र आलोचित हुँदै आएको छ ।

तिहारलक्षित सो गीतलाई लिएर हालै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक दुर्गेशविरुद्ध उजुरी परेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर