newskoseli.Com

बाघको छाला र सालककाे खपटासहित काठमाडौंमै दुई जना पक्राउ

फाइल तस्बिर

बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका– २६, नरसिंहचोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई मंगलबार पक्राउ गरेको हो ।

झोलामा बोकेर हिँडिरहेको अवस्थामा ३ फिट ११ इञ्च लम्बाई भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले १ किलो ४ सय ग्राम सालकको खपटा समेत बरामद गरेको छ । दुबै जनालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर