newskoseli.Com

सत्ताधारी नेकपाका नेतामाथि विप्लव नेकपाद्वारा आक्रमण

बारेकोट गाउँपालिका, जाजरकोटमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ ।

सत्ताधारी नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य, कर्णाली प्रदेश कमिटीका सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बुधबार बिहान बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको सत्ताधारी नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘त्यसप्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानुनी कारबाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर