newskoseli.Com

हिउँको चट्टान फुटेर पुरिए ३ युवक : १ को मृत्यु, २ घाइते

फाइल तस्बिर, हिमपहिराे

अन्नपूर्ण गाउँपालिका, कास्कीमा बुधबार हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा– ५ स्थित पर्स्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

अन्नपूर्ण– ११, कास्कीस्थित देउराली बेसक्याम्प नजिक बगरमा हिउँको चट्टान फुटेर तीन पोखरेली युवक पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको हो । उनीहरु घुम्नका लागि सो क्षेत्रमा गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा– ११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा– ५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरास्थित मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा घान्द्रुकबाट प्रहरी टोली खटाइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर