newskoseli.Com

राष्ट्रिय झन्डा हटाउँदै मोर्चाको झन्डा राख्दै गर्दा केन्द्रीय सचिवसहित ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

सो पार्टीको ६४औं स्थापना दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झन्डा हटाएर मोर्चाको झन्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा ‘धमला’, सोही पार्टीसम्बद्ध महिला सङ्घकी केन्द्रीय अध्यक्ष कविरमाया सावाँ, उक्त पार्टीका इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बुू र हर्कप्रसाद नेम्वाङ रहेका छन् ।

शान्ति सुरक्षामा आँच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झन्डा हटाएर ती कार्यकर्ताले धमाधम मोर्चाको झन्डा राखेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर