newskoseli.Com

तिहारमा घर रंग्याउन कमेरो खन्दा पुरिएर १ को मृत्यु, २ घाइते

फाइल तस्बिर

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा पुरिएर बिहीबार बिहान रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका– ३, कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका– ५, काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।

रोकाको छातीमा र घर्तीको टाउकामा चोट लागेको छ । प्रहरी चौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको जानकारी गुरुङले दिए । उद्धारपछि घाइतेहरुको उपचार गरिने प्रहरीले बताएको छ । घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दसैं–तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् ।

दसैं–तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एक जनाको मृत्यु भएको रोल्पा नगरपालिका– ३ की सरमा विष्टले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर