newskoseli.Com

लिफ्टले थिचेर मजदुरको मृत्यु

फाइल तस्बिर

लिफ्टले थिचेर झापाको दमकमा बिहीबार बिहान एक मजदुरको मृत्यु भएको छ । दमक– ६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान साढे ८ बजे भएको सो दुर्घटनाका सख्त घाइते मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्‍याइएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

प्रतिष्ठानमा उपचारकै क्रममा बिहीबार बिहान ११ बजे घाइते मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर