newskoseli.Com

तिहारको मुखैमा फेरि बढ्यो सुन–चाँदीको भाऊ, कति पुग्यो ?

तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा फेरि सुनचाँदीको मूल्यवृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँ नै बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको छ ।

बिहीबार तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा खरीद–बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीको मूल्यमा १० रूपैयाँ वृद्धि भई प्रतितोला ८ सय ६० रूपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर