newskoseli.Com

स्वदेश फर्के प्रधानमन्त्री, भने : ‘प्रचण्डसँग दुरी बढेको छैन’

प्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै प्रकारको दुरी नबढेको र बढ्ने अवस्था समेत नरहेको दावी गरेका छन् ।

अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलन (नाम) को १८औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी आइतबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग दुरी नबढेको बताएका हुन् । केही दिनयता सार्वजनिक हुँदै आएको दुई अध्यक्षका भिन्दाभिन्दै अभिव्यक्तितर्फ लक्षित गर्दै सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने– ‘उहाँ (प्रचण्ड) काठमाडौंमा र म बाकुमा हुँदा दुरी त बढ्ने नै भयो किनकि काठमाडौं र बाकुबीचको दुरी नै टाढा छ; त्योभन्दा अरु टाढा केही पनि छैन र दुरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।’ आफू विगतमा जननेता मदनकुमार भण्डारीकै कित्तामा रहेको भन्ने अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो– ‘उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो, त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूल रुपमा अघि बढाउँछु भन्नुभएको हो ।’

‘मदन भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दुरी बढेको कुरा पनि गर्ने ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे– ‘यो कुन गणितले काम गर्छ, मलाई थाहा भएन; गणित मिलेन त्यसैले हाम्रो दुरी बढेको छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर