newskoseli.Com

तीन नेपाली मजदुरको भारतमा हत्या, फरार श्रीमतीको संलग्नताको आशंका

फाइल तस्बिर

तीन जना नेपाली मजदुरको कात्तिक ८ मा भारतको पिथौरागढमा हत्या भएको छ । सो हत्याबारे आइतबार मृतकका परिवारजनले जानकारी पाएपछि रुवाबासी चलेको छ ।

बैतडीको पुरचौंडी नगरपालिका– ५, दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बिरा बोहरा तथा पुर्चौंडी नगरपालिका– ४, भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जानकारी जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले दिएका छन् । उनीहरु डेढ वर्षयता पिथौरगढको सिलौल मड भन्ने ठाउँमा मजदुरी गर्दै आइरहेका थिए ।

‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ’– उपप्रमुख बोहराले भने । हरे र बिरा सहदोर दाजुभाइ हुन् । दाजुभाउजूलाई भेट्न केही महिना अघि मात्रै पिथौरागढ गएका बिराले पनि उतै मजदुरी गर्दै आएका थिए । उनीहरूको शव पिथौरागढ अस्पतालमा राखिएको छ ।

हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुन सक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर