newskoseli.Com

आमाको मृत्यु, बाबु बेखबर, नाबालक छोराछोरीको यस्तो हालत !

स्वामिकार्तिक गाउँपालिका– १, साप्पाटा, बाजुरामा आमाको मृत्युपछि बाबु बेखर भएकाले दुई नाबालक अलपत्र परेका छन् । आमा बच्ची लुवारको साउनमा मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् ।

घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देवदत्त र छ महिनाकी वसन्ती छन् । सम्पत्तिको नाममा एउटा घर समेत नभएकी सुकीलाई नातिनातिनी पाल्न निकै सकस भएको छ । छ महिनाकी वसन्तीलाई गाईभैंसीको दूध मागेर पालिरहेकी छन् । दुवै जनालाई पाल्नका लागि गाउँ चहार्ने गरेको उनले बताइन् ।

अलपत्र रहेका दुवै जना कुपोषित भएको छिमेकी सुमित्रा भण्डारीले बताइन् । यिनीहरुको पेट कसरी पाल्ने भन्ने चिन्ताकै कारण आफूले उपचार समेत गराउन नसकेको बज्यै सुकीले बताइन् । सरकारले आमा र बच्चालाई लक्षित गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि उनीहरुले भने अहिलेसम्म केही सहयोग नपाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर