
अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका– १२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकिराखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
बा ३ ख ८०३४ नम्बको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महिनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
घटनाबारे छानबिन सुरु गरिएको इप्रका बनेपाका प्रनि भट्टराईले बताएको खबर राससले प्रेषित गरेको छ ।