newskoseli.Com

प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई ६० हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट अभियुक्तले घुसस्वरुप रकम लिइरहेको अवस्थामा आयोगको हेटौंडास्थित कार्यालयका पदाधिकारीले बिहीबार कलैया उपमहानगरपालिका– ४ बाट पक्राउ गरेका हुन् ।

यसैबीच, आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारी चालक ब्रिजमोहन यादवविरुद्ध बिहीबारै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा १ लाख १० हजार रूपैयाँ घुसवापतको रकम लिइरहेको अवस्थामा वर्दिवासबाट खटिएको आयोगको टोलीले अभियुक्तलाई पक्राउ गरेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर