newskoseli.Com

महराविरुद्ध मुद्दा दर्ता : कारागार पठाउने कि धरौटीमा छाड्ने ?

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।

काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निवर्तमान सभामुख महरालाई पछिल्लो पटक कात्तिक ७ मा थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो, जुन बिहीबारै सकिएको छ । महरालाई कारागार पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने अदालतमा बहस भएपछि फैलला हुने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर