newskoseli.Com

‘लेनिनलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक’ : सर्वोच्च

पूर्वमाओवादी कार्यकर्ता लेनिन विष्टलाई त्रिभुवन विमानस्थलबाट फर्काउने सरकारको निर्णय असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेको छ ।

थाइल्याण्ड जान लागेका बेला विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको कार्य असंवैधानिक भएको फैसला न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार गरेको हो । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्नु नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने फैसलामा उल्लेख छ ।

थाइल्याण्डको एउटा कार्यक्रममा सहभागी हुन जान लागेका विष्टलाई ८ भदौ, २०७५ मा सरकारले विमानस्थलबाट फर्काएको थियो । सरकारको सो निर्णयविरुद्ध विष्टले १४ भदौ,  २०७५ मा सर्वोच्चमा रिट निवेदन दायर गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर