newskoseli.Com

दीपावलीका दिन चक्कु प्रहारबाट घाइते रानाको उपचारका क्रममा मृत्यु

फाइल तस्बिर

दीपावली दिन (कात्तिक ११ मा) चक्कु प्रहारबाट गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

उपचारकै क्रममा बिहीबार बेलुका भारतको लखनउमा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दीपावलीका दिन दीपनगर (सुर्खेत) मा भैलो खेलिरहेका बेला सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकामा चक्कु प्रहार गरी रानालाई सख्त घाइते बनाएको रावलले बताए ।

प्रवक्ता रावलका अनुसार घाइते रानालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिए पनि अस्पतालले नेपालगञ्ज सिफारिस गरेको थियो । नेपालगञ्जमा पनि उपचार हुन नसकेपछि रानाका आफन्तले थप उपचारका लागि लखनउ लगेका थिए ।

रानालाई चक्कु प्रहार गर्ने खनाल र गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार सोनीको खोजतलास तीव्र बनाइएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर