newskoseli.Com

देउसीको पैसामा पिकनिक गएका विद्यार्थी सुनकोशीमा डुबेर बेपत्ता

भुम्लु गाउँपालिका– ८, काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार नदी किनारामा वनभोज खान आएका गोकर्णेश्वर नगरपालिका, सुन्दरीजल–नयाँपाटी, काठमाडौंका कृष्ण घलेका १८ वर्षीय छोरा मिलन घले डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार राजधानीको कपनस्थित जोसेफ कलेजमा कक्षा १२ मा अध्ययनरत मिलन तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकमबाट साथीहरुसँग वनभोजका लागि बिहीबार नै दोलालघाट आएर बसेका थिए । उनी शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

एउटै कलेजमा अध्ययन गरेका १४ विद्यार्थी रमाइलोका लागि दोलालघाट आएका प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय वासिन्दा मिलेर बेपत्ता मिलनको खोजी जारी राखे तापनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार खोजीका लागि अहिले सशस्त्र प्रहरीको टोली समेत खटिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर