newskoseli.Com

आफ्नै फूपुले गरिन् ३ वर्षे भदाहाको हत्या !

बेलकोटगढी नगरपालिका– १२, देउराली, लामाटोल, नुवाकोटमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो ।

रानामगरको घरमा कोही नभएको समयमा उनकै २८ वर्षीया फूपु पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पर्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर