newskoseli.Com

नेकपाको सचिवालय बैठक : उपनिर्वाचनका उम्मेदवार तय, अरु के–के भए छलफल ?

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे मोटामोटी सहमति भएको छ ।

आइतबार फेरि बैठक बसेर उम्मेदवारको अन्तिम टु्ंगो लगाउने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी तथा जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच छलफल भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिने उनले बताएका छन् ।

सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत जानकारी गराए । आफ्नो स्वास्थ्यमा गम्भीर समस्या सिर्जना नभएको बैठकमा उनले बताए ।

विभिन्न ३७ जिल्लामा गरी प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदै छ । चुनाव आउन एक महिनाभन्दा कम समय बाँकी छँदा प्रमुख दलहरुले अझै उम्मेदवारको टुंगो लगाइसकेका छैछन् । उम्मेदवार चयनकै विषयमा छलफल गर्न प्रमुख पतिपक्षी नेपाली कांग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर