newskoseli.Com

पूर्वसभामुख महराको थुनछेक बहस : तारिखमा रिहा हुने सम्भावना

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान चलिरहेको जानकारी सूचना अधिकारी ज्ञानबहादुर कार्कीले दिएका छन् ।

बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । अभियोगपत्रको प्रकृति र स्थिति आँकलन गर्दा महरा धरौटी वा साधारण तारिखमा रिहा हुने सम्भावना प्रबल देखिएको अदालत परिसरमा जम्मा भएका कानुन व्यवसायीहरूको भनाइ छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ (३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको थियो । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि भएको भनिएको जबर्जस्ती करणीको उद्योग अभियोगमा महरालाई असोज १९ मा पक्राउ गरी जिल्ला अदालतको आदेशमा हिरासतमा राखेर अनुसन्धान भैरहेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर