newskoseli.Com

बाँदर मार्न सुनुवारले बोकेको बन्दुक पड्कँदा तामाङको मृत्यु

बाँदर मार्न बोकेको बन्दुक पड्किएर ओखलढुङ्गामा एक किशोरको मृत्यु भएको छ । भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका– ३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो ।

सोमबार दिउँसो २ बजे थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उपचारका लागि काठमाडौं लैजाने क्रममा खुर्कोट (सिन्धुली) मा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् । २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट एक थान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा भरुवा बन्दुक समेत बरामद भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर