newskoseli.Com

उम्मेदवारी दर्ता कात्तिक २१ र २७ मा : उपनिर्वाचन प्रक्रिया

मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २१ र २७ मा मनोनयनपत्र (उम्मेदवारी) दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तहको उम्मेदवारी कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र (उम्मेदवारी) दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची– ५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची– १ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्ने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर