newskoseli.Com

प्रहरी निरीक्षक एक्कासि बेहोस, उपचारका क्रममा मृत्यु

फाइल तस्बिर

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा, जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाइवरी सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताए ।

सशस्त्र प्रहरी निरीक्षक थापा नारायणी नगरपालिका– ८, दैलेख निवासी हुन् । ‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएपछि खाना खाएर सकुशल सुतेका थिए, आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौं तर बचाउन सफल भएनौं,’ उपरीक्षक न्यौपानेले भने– ‘डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।’

परिवारलाई खबर गरेर उनको मृत शरीर गाडी वा अन्य सवारी साधनमा उनकै जिल्ला पठाइने अनि कानुनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने उपरीक्षक न्यौपानेले बताएका छन् । उनी एक वर्षदेखि जुम्लामा रहेर कार्यरत थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर