newskoseli.Com

कार दुर्घटनामा एकै परिवारका ३ को मृत्यु, २ घाइते

सन्धिखर्कको नरपानीमा बुधबार भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको नरपानीमा बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृतक र घाइते सबै एकै परिवारका रहेका छन् ।

घटनामा रुपन्देहीको सैनामैना नगरपालिका– २, मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका ४३ वर्षीय छोरा भक्तबहादुर र अर्का ३९ वर्षीय छोरा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठा दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । कार सडकबाट करिव १५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर