newskoseli.Com

निर्वाचन कार्यालय नजिकै शक्तिशाली विस्फोट : प्रहरी भन्छ– ‘गनपाउडर पड्क्यो’

फाइल तस्बिर

पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बिहीबार शक्तिशाली विस्फोट भएको छ । उपनिर्वाचनका निम्ति उम्मेदवारी दर्ताको समय हुनै लाग्दा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजकुमार केसीले पुष्टि गरेका छन् ।

‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो’– डीएसपी केसीले भने । केही बेरपछि भने प्रहरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा गनपाउडर बम विस्फोट भएको बताएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको छेउमै अवस्थित पर्यटक बसपार्कमा बिहीबार बिहान विस्फोट भएको हो । खाल्डामा गनपाउडर राखेर विस्फोट गराइएको जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताएका छन् । दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि कास्की– २ मा उपनिर्वाचन हुँदैछ ।

सोही निर्वाचनका निम्ति बिहीबार उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभा सदस्यको सो स्थानका निम्ति दिवंगत अधिकारीकी श्रीमती विद्या भट्टराईसहित ६ जनाले बिहीबार उम्मेदवारी दर्ता गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर