newskoseli.Com

विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ पक्राउ

सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ सहित १६ नेता–कार्यकर्तालाई प्रहरीले शुक्रबार बाजुराबाट पक्राउ गरेको हो ।

गौमुल गाउँपालिका– ३, माझपालीबाट दिउँसो उनीहरुलाई पक्राउ गरिएको जानकारी बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले दिएका छन् । ओलीलाई यसअघि वैशाख ६ मा पनि सांगठनिक काममा खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका– ३, राम्रीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई संगठित अपराध, विष्फोट, हातहतियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै ओलीलाई रिहा गर्न जेठ २४ मा सर्वोच्च अदालतले आदेश दिएको थियो । रिहालगतै उनलाई पुनः पक्राउ गरेर सुनसरी लगिएको थियो । ओलीलाई सुनसरी जिल्ला अदालतले असार २४ मा साधारण तारिखमा रिहा गरेको थियो ।

अहिले पुनः पक्राउ परेका ओलीसहित डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमनलाल थापा, धर्मबहादुर थापा, उदय कसेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह पनि पक्राउ परेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर