newskoseli.Com

प्रधानमन्त्रीका सबै सल्लाहकारकाे ‘स्वेच्छिक राजीनामा’, मन्त्रीपरिषदमा पनि व्यापक हेरफेरको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा सल्लाहकार र स्वकीयका रूपमा कार्यरत १३ जना सबैलाई हटाइएको छ । तर, भाषा मिलाउन उनीहरुले ‘स्वेच्छिक राजीनामा’ दिने भएका छन् ।

मन्त्रिपरिषदमा व्यापक हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई सहज बनाउन भन्दै पहिलो चरणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित प्रधानमन्त्रीको सचिवालयका सबैले १ मंसिरदेखि लागू हुने गरी ‘राजीनामा’ दिन लागेका हुन् ।

अब अर्को चरणमा सबै वा केही मन्त्रीले प्रधानमन्त्रीको आन्तरिक ‘निर्देशन’ पछि यही शैलीमा ‘स्वेच्छिक राजनीनामा’ दिने स्रोतले बताएको छ । एकमुष्ठ राजीनामा दिएका सल्लाहकार र मन्त्रीहरुमध्येबाटै आवश्यक परेका केहीलाई प्रधानमन्त्री ओलीले फेरि नियुक्त गर्न पनि सक्ने तर मन्त्रीपरिषद र सचिवालय दुवैतिर व्यापक हेरफेरकाे तयारी भैरहेकाे स्रोतको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर