newskoseli.Com

रुप ज्योति–सुरुचि बाबुछोरीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र उनकी छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आइतबार सो आदेश दिएको हो । अदालतले यसअघि अनुसन्धानका लागि उनीहरुलाई तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । सो म्याद शनिबार सकिएपछि आइतबार दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो ।

महानगरीय प्रहरी परिसरको टोलीले व्यवसायी श्रेष्ठका बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएको र सो कम्पनी श्रेष्ठकी श्रीमती र छोरीको नाममा रहेको पाइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर