
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । उनको राजीनामा मुख्यमन्त्रीद्वारा स्वीकृत समेत भैसकेको छ ।
उनले दिएको राजीनामा आइतबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरिसकेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिएका छन् ।
राज्यमन्त्री रावलले आइतबार नै मुख्यमन्त्री भट्टसमक्ष पदबाट राजीनामा दिएका थिए । उनले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी समेत मुख्यमन्त्रीलाई बुझाइसकिएको बताइएको छ । कञ्चनपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि राज्यमन्त्री रावलले नैतिकताका आधारमा राजीनामा दिएको खबर राससले प्रेषित गरेको छ ।