newskoseli.Com

नेकपाको सचिवालयले लियो यस्ता निर्णय ! कुन–कुन आयोग, मञ्च र विभागमा को–को ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीन वटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए । अब पार्टी एकीकरणले पूर्णता पाएको प्रवक्ता श्रेष्ठको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर