newskoseli.Com

नेपाली सेनाले रामचन्द्र तिवारीमाथि किन गर्‍यो कारबाही ?

नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारबाहीमा परेका हुन् ।

प्राविधिक सेनानी तिवारीलाई समरी जनरल सैनिक अदालतले छ महिना कैदसहित भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने (बर्खास्त गर्ने) निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाबाट प्राप्त हुने सेवा–सुविधा तथा सहुलियत लिइसकेपछि सेनानी तिवारीले संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृतिविना थापाथली इञ्जिनियरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिई ‘भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुर समेत गरेको’ आरोपमा सैनिक अदालतले उनलाई दोषी ठहर गरेको छ । सैनिक सेवाबाट आफूखुशी भगौडा भएका जो–कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारबाही गरिने सेनाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर