newskoseli.Com

बंगलादेशी राष्ट्रपतिको ‘सवारी’ : कुन–कुन सडकमा ‘डिस्टर्ब’ हुँदै ? वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चारदिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई अनुरोध गरेको छ । महाशाखाले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबारदेखि कात्तिक २९ सम्म हुने नेपाल भ्रमणका समयमा चक्रपथभित्र ठूला मालबाहक सवारी साधन प्रवेश नगरिदिन आग्रह गरेको हो ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारी साधन प्रयोग नगर्न समेत महाशाखाले सर्वसाधारण उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारी साधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ ।

यसैगरी, उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न पनि ट्राफिक प्रहरीले चालकहरुलाई आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर