newskoseli.Com

भारतीय प्रधानमन्त्रीलाई यस्तो पत्र लेख्दै डा. गोविन्द केसीले नवौं दिनमा आफैं तोडे १७औं अनसन (पत्रसहित)

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले आफ्नो १७औं सत्याग्रह स्थगन गरेका छन् । डा. केसीले नवौं दिनमा मङ्गलबार आफ्नो सत्याग्रह स्थगनको घोषणा गरेका हुन् ।

डा. केसीले अमरगढी नगरपालिका– ४, डडेल्धुराका चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औं अनसन नवौं दिनमा स्थगन गरेका छन् । राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए ।

प्रा.डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् । आफ्नो सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको डा. केसीले बताएका छन् ।

‘आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन’– डा. केसीले चेतावनी दिएका छन् । सीमारक्षा राष्ट्रियताको पहिलो सर्त भएको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

डा. गाेविन्द केसीले नरेन्द्र माेदीलाई लेखे यस्ताे पत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर