
निर्वाचन प्रक्रियामा पहिलो पटक सहभागी भएको डा. सीके राउत नेतृत्वको पार्टीले पनि उपचुनावमा सहभागिता जनाएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा सो पार्टीबाट एक महिलाले उम्मेदवारी दिएकी छन् ।
डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ का तर्फबाट पिपरा गाउँपालिका– ५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताएका छन् । उम्मेदवार मण्डल सो पार्टीका तर्फबाट ‘लाउडस्पिकर’ चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी छन् ।
पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै आफ्नो पार्टीले चुनाव जित्ने उम्मेदवार मण्डलले जिकिर गरेको खबर राससले प्रेषित गरेको छ ।