newskoseli.Com

प्रहरीले फेला पार्‍यो ५ एसएमजी राइफल, १३ म्याग्जिन र १९० गोली : विप्लव नेकपाले ल्याएको आशंका !

जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामा रहेको बेवारिसे खालि गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले शुक्रबार बेलुकी गोलीसहित उक्त हतियार फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल ५ थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने १ सय ९० राउन्ड गोली प्रहरीले फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखिएको उक्त हतियार शुक्रबार बेलुकी करिव ६ बजेतिर फेला पारेको थियो । ‘हतियार किन र कसले राख्यो भन्ने जानकारी आउन सकेको छैन तर सूचना आउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार ओसारपसार गर्दैछन् भन्ने सूचना आएको थियो,’ उनले भने– ‘चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुन सक्छ, थप कुरा अनुसन्धानपछि खुल्छ ।’

गोलीगठ्ठासहित हतियार ओसारपसारबारे थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर