
ठूलो रकम र चेकसहित अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले राजधानीबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको बेतिया घर भएका सत्यनारायण प्रसाद कुलेश्वरबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिएका हुन् । प्रनाउ कुँवरका अनुसार प्रसादको कोठामा छापा मार्दा ३६ लाख नेपाली रुपैयाँ नगद, साट्न राखेको ३७ लाख ५ हजार रुपैयाँको चेक र १ लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।
पैसा र चेकसहित उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।