newskoseli.Com

भीमफेदी कारागारबाट कैदी फरार

मकवानपुरको भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिएका छन् ।

कारागारलाई सुरक्षित राख्न र कैदीबन्दी नभागून् भनेर १२ फिटभन्दा अग्लो पर्खाल लगाएर काँडेतार समेत कसेर मजबुत बनाइएको कारागार परिसरबाट बन्दी कसरी भागे भन्नेबारे अनुसन्धान भइरहेको कार्यालय प्रमुख खनालले बताए । पर्खालका केही साना भागमा तारहरु लत्रिएको देखिएकाले बन्दी धामी त्यहींबाट भागेको हुन सक्ने अनुमान गरिएको छ । फरार उनको व्यापक खोजी भइरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर