newskoseli.Com

सत्ताधारी नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी : इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र सदस्यमा को–को ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेचृत्व चयन गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै विन्दा पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो ।

प्रवास कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार प्रवासी नेपालीको बीचमा सम्बन्ध र सम्पर्क स्थापित गर्न तथा एकता र मेलमिलाको भाव प्रस्तुत गर्नुका साथै उनीहरुको हकहितको रक्षाका निम्ति कमिटीले समन्वयकारी भूमिका निर्वाह गर्ने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर